Wednesday, February 25, 2015

चितवनमा चारजनालाई स्वाइन फ्लु


चितवनमा पनि स्वाईन फ्लू देखा परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका चार जनामा स्वाईन फ्लू देखिएको हो । चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु ‘इन्फुल्न्जा ए, एचवान एनवान’ को सङ्क्रमण रहेको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ । 
 माघ यता इपिडिमियोलोजी महाशाखा काठमाडौँमा पठाइएका ४३ वटा नमुना परीक्षणमा चारजनाका स्वाइनफ्लु रहेको पुष्टि भएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ! रुघा खोकि लाग्ने, अप्रत्यासीत रुपमा नाकबाट सिगान चुहिने, वाकवाक लाग्ने लगायतका लक्षण देखा परे भरतपुर अस्पतालको ल्यावमा गएर निशुल्क टेष्ट गर्न निरीक्षक केसीले आग्रह गर्नुभएको छ । भिडभाडमा नजाने जानै परे नाक मुख छोप्ने बस्तु माक्स लगाएर जाने , हात नमिलाउने , बोल्दा दोस्रो व्यक्तिको नजिक नजाने लगायतका क्रियाकलापहरु स्वाईन फ्लूबाट बच्ने मुख्य उपायहरु हुन ।
 भारतबाट नेपाल भित्रीएको स्वाईन फ्लूले नेपालमा पनि आप्mनो अखडा बनाउदै लगेको देखिन्छ । तर पनि संक्रमण भित्रन नपाओस , नफैलीयोस भन्नेबारे भने खासै सतर्कता अपनाएको पाएको छैन ।

Popular Posts