Wednesday, February 25, 2015
हरेक आमाबाबुको सपना हुन्छ छोराछोरी हुर्केलान, बुहारी आउँली र बढेसकाल सहज काटौला । तर, आफ्नै छोराबुहारीले खान लाउन नदिई तीनवर्षसम्म बन्द कोठामा थुनेर राखेका कारण पाँचथरको आङसराङ मेहेलबोटेकी ५७ वर्षीय हरिमाया रिजाल मानसिक रुपमा अशक्त बनेकी छिन । उनलाई छोरा दिपक तथा बुहारी मिना भट्टराई (रिजाल )ले “पागल” को संज्ञा दिँदै तीन वर्षदेखि घरको तलामाथि एउटै कोठामा थुनेर राखेको रहस्य खुलेपछि जिल्लाका अधिकारकर्मीको पहलमा उद्वार गरी प्रारम्भिक स्वास्थ परिक्षण गर्दा यस्तो समस्या देखिएको हो ।
हरिमायालाई बन्द कोठामा राखिएको रहस्य खुलेपछि अधिकारका लागि महिला एकल समूहकी पुर्व अध्यक्ष सरस्वती रिजाल र मानव अधिकार तथा शान्ति कार्य समूह (प्याग) का अध्यक्ष लेखनाथ खतिवडाको पहलमा गत आइतबार उद्वार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याइएको थियो । उनको हाल महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित अल्पकालिन आश्रय सहितको घरेलु हिंसा सेवा केन्द्रमा राखेर उपचार गराइँदै आएको छ ।
स्थानीय वासिन्दाका अनुसार हरिमायालाई छोरा बुहारीले विगत तीनवर्षदेखि बन्द कोठामा राखेका थिए । “उनलाई खाना दिन कुच्चेको एकथान थाल र एउटा कचौरा कोठामै राखिएको थियो भने, दिसा पिसाव गर्न एउटा भाँडो कोठामै राखिएको थियो, दिसा पिसाव लाग्दा त्यहि भाँडामा गर्थिन,छोरा बुहारीले साँझपख कोठा खोलिदिएपछि चर्पीमा लगेर फ्याक्थिन, त्यसपछि पुनःकोठामा थुनेर बाहिरबाट ताला लगाइदिन्थे ।”–एकजना छिमेकीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
“छोरा बुहारीले उनलाई खानेकुरा दिँदा थाल बाहिर निकाल्न लगाएर पनि झ्यालबाटै मिल्काइदिन्थे । त्यो पनि उनीहरुकै अनुकुल समयमा मात्रै, प्रायः उनलाई पेटभरी खान कहिल्यै दिइएन, ओढ्न ओछ्याउन दिइएका कपडा पनि फाटेर छ्यान्द्रा छ्यान्द्रा भइसकेका थिए । –उनले थपे ।” स्थानीयका अनुसार छर छिमेकमा विवाह, व्रतवन्ध र पुराणजस्ता सामाजिक कार्यमा जानका लागि हार गुहार गर्दा पनि छोरा बुहारीले उनलाई कहिल्यै ढोका खोलिदिएनन ।
यसरी मानसिक यातना सहित बन्द कोठामा थुनिएकी उनले त्यो अवधिमा भोकभोकै दिनरात काटाएको जानकारी पाएपछि उद्वार गरिएको प्यागका अध्यक्ष लेखनाथ खतिवडाले बताए । स्थानीयका अनुसार हरिमायाका श्रीमान कपिलमुनीले २०४४ सालमा दोस्रो विवाह गरेर घर छोडेका छन भने जेठो छोरो तिवेन्द्र शारीरिक रुपमा अशक्त छन । उनकी एउटी छोरी विवाह पश्चात मोरङ जिल्लामा बसोवास गर्दै आएकी छिन । “छोरा छोरीले पहिले पहिले असाध्यै माया गर्थे ,छोरीलाई ज्वाईका घर पठाइयो, घरमा बुहारी भित्राइयो,त्यसपछि यो हालत बनाए ।” उनले हरिमाया भन्छिन ।
छोराबुहारीको दुर्व्यवहारमा परेकी हरिमाया डिप्रेसनका कारण मानसिक समस्यामा पर्नुका साथै शारीरिक रुपमा पनि कमजोर बनेको उपचारमा संलग्न पाँचथर जिल्ला अस्पतालका डाक्टर पवनजंग रायमाझीले जानकारी दिए । हिंसामा परेकी रिजालको उपचार गर्नुका साथै परिवारको जिम्मा लगाउने र परिवारले जिम्मा नलिए कानूनी कार्वाही अगाडि बढाउने तयारी भइरहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । Source: Sambadmedia
Popular Posts
-
बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो। अरूले आफूलाई नराम्...
-
Posted by Anup Baral December 29th, 2014 : Article published on newspaper in Nepal. Are these facts about Pushpa Kamal Dahal True or Fals...
-
Posted by Anup Baral October 9th, 2014 : Possession and consumption of marijuana is considered illegal in Thailand. Nepal’s former crown ...