Wednesday, February 25, 2015

भारत लैजाँदै गरिएका पाँच युवतीको उद्धार

 
१४ फागुन । काम लगाइदिने भन्दै नेपाल भारत सीमानाका सुनौली हुँदै भारत लैजान लागिएका पाँच युवतीलाई उद्धार गरिएको छ । चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गरिएका पाँचजना नेपाली युवतीको बेलहिया सीमा क्षेत्रबाट उद्धार गरेको जनाएको छ । युवतीलाई निजी नम्बरको जिपमा राखेर सिमाना पार गराउन लागिएको थियो ।
 आफ्नो घर कोलकता र हाल काठमाडौँमा बस्दै आएको बताउने मनोज सेट्ठीले उनीहरुलाई प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको केआई नेपालकी प्रमुख तारा सापकोटाले बताउनुभयो । उद्धार गरिएका युवतीमध्ये दुई चितवनका, एक दाङका, सिन्धुपाल्चोक र भारत सिक्किम घर भएर लामो समयदेखि काठमाडौँ बस्दै आएका एक÷एक जना छन् । 
बेलहिया नाकामा रहेको केआई नेपालको निगरानी केन्द्रमा कार्यरत महिला कर्मचारीले उक्त जिपमा नेपाली युवती देखेपछि रोकेर सोधपुछ गरेपछि यथार्थ कुरा खुल्न आएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । भारत लैजाँदै गरेका मनोज भने युवतीलाई सोधपुछ गर्न थालेपछि फरार भएको उहाँले बताउनुभयो । रासस

Popular Posts