Friday, February 13, 2015

एक वर्षमा सवा अर्ब रुपैयाँ खर्च, सभासदहरुको तलब–भत्तामा मात्रै ८२ करोड

एक वर्षमा संविधान जारी गर्ने वाचा राजनीतिक दलहरुले पूरा गर्न नसकेपनि संविधानसभाका नाममा भने एक वर्षमा १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । 
 सूचनाको हकका लागि नागरिक अभियानले प्रकाशन गरेको संविधानसभा संसद गतिविधि बुलेटिनका अनुसार एक वर्षमा सबैभन्दा बढी सभासदहरुका लागि ८१ करोड ९१ लाख ९२ हजार ७ सय ३२ रुपैयाँ खर्च भएको छ । 
यस्तै, पूँजीगत खर्च ३ करोड ७३ लाख ८ हजार ८ सय ९ रुपैयाँ, सचिवालय खर्च २६ करोड ८६ लाख ५५ हजार ८ सय ९८ रुपैयाँ र संविधानसभाका अध्यक्ष तथा उपाध्यक्षका लागि ८४ लाख ६२ हजार ५ सय ६८ रुपैयाँ खर्च भएको छ । 
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सबैभन्दा बढी २५ लाख ५३ हजार ३ सय ६० रुपैयाँ पारिश्रमिक बुझेका छन् भने उपाध्यक्ष ओनसरी घर्तीले २१ लाख ४६ हजार ३ सय ८० रुपैयाँ लिएकी छन् ।
 यस्तै, प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २० लाख १० हजार ५ सय १६ रुपैयाँ लिएका छन् ।

Popular Posts