Friday, February 13, 2015

यस्तो छ पहिलो प्रेम व्यक्त गर्ने तरिका

 
कुनै युवतीलाई प्रभावित तुल्याउन सबैभन्दा पहिला उनको मनोविज्ञान बुझ्नुपर्छ । उनलाई कस्तो बोली–व्यवहार मनपर्छ ? त्यहीअनुरुप आफूलाई प्रस्तुत गर्नुपर्छ । 
–एकैचोटी प्रेम प्रस्ताव राख्ने गल्ती गर्नु हुँदैन । उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्छ । 
–उनका अगाडि आत्मविश्वासी एवं सभ्य रुपमा प्रस्तुत हुनुपर्छ । 
–ओभर स्मार्ट बन्ने प्रयास नगरौ, त्यसले गलत प्रभाव पार्न सक्छ । (एजेन्सी)

  •••••• मेरो पहिलो प्रेम पत्र •••••
हो..प्रिय अाजकाल म धेरै रून थालेको छु विगत सम्झेर...। कहिले काही लाग्छ नवजात शिशुहरू पनि मजति रूदैनन होला । अनि उनिहरूको रूवाइ र मेरो रूवाइमा के फरक छ र ? उनीहरू चिच्चाएर रून्छन्, म चुपचाप । लामो समयदेखी तिमी संग भाग्न खोजेको थिए, तर यो महसुस भयो कि तिमीसित भाग्नु अाफैसित भाग्नु हो । मेरो पीडा घटेन झन् बढ्यो..। अाफैप्रति धृष्ट हुन नसकिदो रहेछ । कहाँ भाँगू अाफैदेखी ? ति सत्यहरूलाइ कहाँ मिल्काउ ? के मा छ विस्मृती ? तिम्रो स्मृतिबाट मात्र पनि म हरेक क्षण असुरक्षित महसुस गरिरहेको छु । यो के ?र अाजकल यी प्रताडित दिनहरू एउटा नियमितझैँ भइसकेको छ, सास फेर्नुजतिकै..। मलाइ होस्, चेतना,उज्यालो सब बेठिक लाग्न थालेको छ । पूर्ण होस् सम्हालेर बस्न एकदम कष्टप्रद हुदो रहेछ, कमसेकम एउटा मान्छेलाइ। म बुझिरहेछु प्रिय..मान्छे किन होस लाइ लात मार्ने गर्छन् ? किन बाँच्नुसित विद्रोह गर्छन ? किन अात्महत्याको प्रयास गर्छन ? किन मान्छे हुनुको सत्यसित डराउछन् कहिलेकाही ? कहिले काही यही चेतना पनि अभिसापझैँ बन्दो रहेछ । मेरी प्यारी, मेरो प्रिया । तिमीलाइ कुन कुराले बुझाउ ? के चाहिलो हो तिमीलाइ बुझाउनका लागी ? के भने के गरे , तिमी छर्लङ् हुँदो हौ ? केही सुत्र त हुदो हो, कमसेकम तिमीलाइ बुझाउन । कसरी कुन तत्वले तिमीलाइ पगाल्न सकिदो हो ? कहाँ कुन संसारमा विद्दमान छ त्यो तत्व जसले तिम्रो ह्द्यको गहिराइमा स्पर्श गर्न सकोस् । तिमी अाफै भन्देउ , मेरी प्रिया । म जान्दिन..बुझ्दिन । तिम्रो मन भित्र कस्ता विचार छन् ? म हर समय सोच्छु , अझ तिमीलाइ नै सोध्न मन लागेको छ । के प्रेम महत्वपूर्ण होइन ? मैले देखेको, मैले जानेको संसारमा, प्रेम बाहेक सबै गौण छन् । तिम्रो संसार, तिम्रो विचार किन मसित बेमेल ? सके अालोचना गर्दी हौ मेरा यी पुङ न पुच्छरका विचारहरूप्रति । यसमा म कति व्यवहारिक छु, मलाइ त्यसको किञ्चित पनि पर्वाह छैन । हो, म नस्पट्ट अन्धो हुन थालेको छु । मलाइ देख्नु या नदेख्नुसित कुनै सरोकार छैन । म निरपेक्ष छु अरूका कुराहरूसित । मलाइ सुन्नु या नसुन्नुसित कुनै सरोकार छैन । म भित्र एउटा गहिरो भाव बसेको छ । बस्, मैले अनुभूत गर्ने त्यत्ती हो । तिमीले ठिकठाक स्पष्टीकरण दिएकी भए अाफैलाइ सम्झाउदो हुँ, अाखिर प्रेम प्राप्ति मात्र होइन भन्दै, तर यहानेर अाएपछि मलाइ पटक्कै चित्त बुझ्दैन,प्रिय.. मानें प्रेम समर्पण पनि हो, तर सर्पण? केका लागी ? कसका लागि ? समर्पण गर्ने पनि केही अाधार र विवशता हुन्छन् । तर न तिमीले अाफ्नो विवशता सबै बताएकी छ्यौ, न म अाफूलाइ कुनै कोणबाट चित्त बुझाउन समर्थ भइरहेछु... म यादगर्छु ति दिनहरू , केवल एउटा नमिठो सपना मात्र होस् । तर अपसोच, सत्यलाइ त तिमीले नै घाँटी निमोठेर कतै मिल्काएकी थियौ । र, यही यथार्थ बेला कुबेला मलाइ गोमन साँपझैं फँडा उठाएर डस्न अाउँछन्..र त्यो डसाइ, हाय। म प्रत्येक पल रगताम्भे भएर घिस्रिरहेको हुन्छु । एक-एक पल, मानौ दम भएको छ मलाइ । मेरा फोक्सो श्वास तान्न नसकेर गाँठो परेर बसेको छ । यो दिनहरू शरिरमा एउटा -एउटा गर्दै असंख्य घाउहरू थप्दै लडिरहेछु..। (समर लभ)@facebook मेरो पहिलो प्रेम पत्र

Popular Posts