Saturday, February 14, 2015

भरतपुर मेडिकल कलेज परिसरमा महिलाको टाउको भेटियो

Posted by Hari Karki| January 15, 2015 :
प्रकाश सिग्देल चितवन, फागुन २–चितवनको भरतपुर मेडिकल कलेजको परिसरमा एक महिलाको टाउको मात्रै फेला परेको छ । अस्पतालको चौरमा क्रिकेट खेलीरहेका खेलाडी हरुले सो टाउको देखेको विद्यार्थी सुर्य बरालले बताए ।


क्रिकेट बल गुडेर मान्छेको टाउकोमा ठोकिएपछी खेलाडी झस्किएर भागेको बरालको भनाई छ । साझ ४ बजेको समयमा सो टाउको चौरमा देखेका हुन् । अस्पतालको पार्कीङ नजिकै रहेको खुल्ला चौरमा आलो जस्तो देखिने नाकबाट सिगान झदै गरेको अवस्थामा टाउको रहेको छ । टाउकोमा अलिअलि कपाल रहेको र टाउको हेर्दा अर्धवैसे अवस्थाको रहेको देखिएको स्थानिय हरुले बताए । टाउको रहेको थाहा पाएपछी अस्पताल परिसर पुगेका सञ्चारकर्मी हरुले प्रहरीलाई खवर गरेका थिए । खवर भएकै ५ मिनेट भित्र सो स्थानमा जिल्ला प्रहरी कार्यालयका एस पि सहकुल बहादुर थापा , डि एस पि राजन अधिकारी र ईन्सपेक्टर रुगम कुवर पुगेका थिए । घटना स्थलको निरिक्षण गरेपछी उनिहरुले टाउको कसरी के कारणले चौरमा फालीयो र कस्को हो त्यसको स्पष्टीकरण अस्पताल संग सोधिने र थप कानुनी प्रक्रिया अगाढि बढाईने बताए ।
भरखरै मात्रै अन्तराष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन सकेको अस्पतालले बेबारिसे अबस्थामा टाउको फालेको स्थानिय हरुले आशंका गरेका छन् । न्यूरो सर्जिकल कन्फरेन्समा विश्वमा ४० भन्दा वढी नाम चलेका फेकेल्टीको सहभागिता रहेको थियो । सम्मेलनमा टाउको र नशा रोगमा बिश्वमा नया के भईरहेको छ ? उपचारमा कस्तो कस्तो प्रविधि आईरहेको छ ? भन्ने विषयमा बिशेष अनुभव आदानप्रदान गरेका थिए । अस्पतालले त्यसैको परिणाम खुल्ला चौरमा टाउको फालेर रमिता देखाएको स्थानिय हरु बताउछन् ।

अस्पताल जस्तो सम्बेदन सिल क्षेत्रमा देखिएको यस्तो लापरबाहिले अस्पतालले मानब जिवन संग चरम खेलवाड गर्ने गरेको प्रष्ट भएको भरतपुरका नवराज लामीछानेले बताए ।
अब आम मानिसले अस्पताल संग भर र बिश्वास गर्ने बातावरण नभएको उनको भनाई छ । मान्छेको जिवन संग खेलवाड गर्दै आएको यो अस्पतालले यस्ता अनगिन्ति लापरबाहि बिगतमा पनि गर्ने गरेको स्थानियहरु आरोप लगाउछन् ।source:taja khabar



Popular Posts