Sunday, February 15, 2015

मनकामना मन्दिरले अब स्वरुप बदल्ने, ‘क्षमा’ पुजाको तयारी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्धार फागुन मसान्त भित्रमा शुरु गरिने भएको छ । फागुन १५ गते जिर्णाेद्धारका लागि मन्दिरमा क्षमा पुजा गरेर जिर्णाेद्धार कार्य शुरु गर्ने मनकामना मन्दिर जिर्णाेद्धार समितिले जनाएको छ । मन्दिर ६ इन्च दक्षिण पश्चिम दिशातर्फ ढल्किएपछि जगदेखि नै खनेर मन्दिर पूर्ण रुपमा जिर्णोद्धार गर्न लागिएको हो ।जिर्णाेद्धारका लागि आवश्यक पर्ने काठ, इट्टा, ढुङ्गा, चुना, सुर्की लगायतका सामानहरु संकलन भइसकेकाले क्षमा पुजा गरेसँगै तान्त्रिक र बैधिक बिधि अनुसार पुजा गरेर मन्दिरको गजुर निकालेर काम शुरु गरिनेछ । गजुर लगायतका बहुमुल्य बस्तुको भण्डारणका लागि भने जिल्ला सुरक्षा समितिलाई निर्णय गर्न जिम्मा दिइएको छ । सरकारले जिर्णाेद्धारका लागि चाहिने सुन किन्नका लागि करिब ४ करोड रुपैयाँ दिईसकेको छ भनेसमितिले भक्तजनहरुबाट पनि पाँच करोड भन्दा बढि रकम संकलन गरिसकेका छन् । अहिले सम्म मन्दिरका लागि चाहिने ९० प्रतिशत काठको काम सकिएको समितिले जनाएको छ । दैनिक आउने हजारौँ भक्तजनलाई पुजा नियमित गराउन पनि समितिले छुट्टै योजना बनाउने व्यवस्था गरेको छ ।

Popular Posts