Thursday, January 22, 2015

Actor: Arayan Sigdel's new getup for New Movie


अलबिदा असफल भएपछी आर्यन योगी नै बने ..! पछिल्लो समय अभिनेता आर्यन सिग्देल फिल्म होमवर्कको छायांकनमा व्यस्त छन् । यसमा देखिएको आर्यनको नयाँ गेटअपको सर्वत्र चर्चा भइरहेको छ । उनि अन्यभन्दा यसमा फरक देखिएकोले पनि चर्चा भएको हो । पछिल्लो समय होम्वोर्कको छायांकनमा व्यस्त उनको पुनर्जन्म चलचित्रको पोस्टर सार्बजनिक भएको छ | होम्वोर्कमा उनि डबल भूमिकामा प्रस्तुत हुदैछन त्यहाँ पनि उनको गेटअपको त्यतिकै चर्चा भएको थियो |बाबु र छोराको रोलमा उनि आफै देखिएका छन भने प्रदर्शनको तयारीमा रहेको चलचित्र पुनर्जन्ममा उनि योगीको रुपमा प्रस्तुत भएको गेटअप देखिएको छ |चलचित्रमा आर्यन क्रिया बस्नुपर्ने हुन्छ जसलाई ज्वलन्त देखाउन उनको कपाल र दाह्री खौरेको निर्माण पक्षले बताएको छ |पछिल्लो पुस्तालाई मनोरन्जनको साथसाथै संस्कार सिकाउन पनि यो चलचित्र सफल हुनेमा निर्माण पक्ष दुक्क छ |सत्य घटनामा आधारीत भनिएको फिल्म पुर्नजन्म ले मनोरञ्जनसंगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहन कृष्ण श्रेष्ठसंगै भद्र बहादुर शाहीको पनि लगानी रहेको छ । एमके इन्टरटेनमेन्टको व्यानरमा निर्मित यस फिल्मलाइ निर्देशन स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका छन् ।आर्यन सिग्देल , केकी अधिकारी , गजित बिष्ट , सुस्मिता शाही , मिथिला शर्मा , विजय लामा , लक्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको यस फिल्मलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् ।एमके इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्मित यस फिल्मलाइ मोहन कृष्ण श्रेष्ठसंगै भद्र बहादुर शाहीले निर्माण र साजन श्रेष्ठले निर्देशन गरेका हुन् |
    

Popular Posts