काठमाडौं, वैशाख १८ । भारतीय सञ्चारमाध्यमले भने जसरी भारत नभए नेपालले यति सहज अनुभुति गर्न पाउने थिएन भने जुन ढंगले प्रचार गरिएको त्यसेको भित्री पक्ष भने खतरनाक छ । भारतीय सेनाले आफ्ना मिडियालाई हेलिकप्टरमा चढाएर केही भयावह दृष्य कैद गरेर जुन ढंगले एकोहोरो प्रचार गरेको छ, त्यो उद्धार भन्दा प्रचार बढि देखिएको छ ।
भारतबाट जति सहयोग भनेर गाडी, जहाज, हेलिकप्टर आए सबै भारतीय नागरिकका लागि उद्धारमा तल्लिन देखिन्छ । यतिबेला अन्य मुलुकबाट आएको उद्धार टोलीलाई समेत भारतीय पक्षले अवरोध गरेको छ । भारतले राहतका लागि लिएका औषधी, खाद्यय सामाग्री लगायतको जसरी प्रचार गरिएको छ त्यसको गुणस्तर, एक्सपाएर डेट समेत गएको देखिन्छ ।
मुलुकले महाविपत्ति बेहोरिरहेको बेला ‘धमिलो पानीमा माछा मार्ने’ शैलीमा भारत प्रस्तुत भएको छ । उसले मोदी सरकारकै कारण नेपालले यति ठूलो विपत्ति भोग्दा समेत तत्कालै राहत महसुस ग¥यो भनि जुन प्रचार गरेको छ, त्यसबाट असल छिमेकीको व्यवहार नभएको नेपाली कुटनीतिज्ञहरुले टिप्पणी गरेका छन् ।
अहिले अन्र्तराष्ट्रिय विमान स्थलको एयर ट्राफिक कन्ट्रोल भारतीय सेनाको इसारामा चलेको छ । भारतबाट ल्याईका ३ ठूला कार्गो, १२ हेलिकप्टर मध्ये ६ वटा अन्र्तराष्ट्रिय विमानस्थलमा राखिएको छ । ६ वटा पोखरामा । भारतीय सेनाले जहाज र हेलिकप्टर राखिरहेका कारण त्रिपाल, औषधी स्वास्थ्यकर्मी सहितको चाइनिज २ जहाज अवतरण हुन सकेन । त्यस्तै टीजी फ्लाइटलाई समेत भारतीय हेलिकप्टर र कार्गोकै कारण अवतरण हुन सकेन ।
भारतीय पक्षले कुनै सहयोग नगरेको भन्ने होइन । तर, उसको एक पक्षले पुरै प्रचार बाहेक केही गरेको छैन ।
पोखरा विमानस्थलका एक कर्मचारीले भने– ‘हाम्रो एउटा र भारतीय हेलिकप्टर २ वटा मुक्तिनाथ क्षेत्रमा गयो । भारतीय हेलिकप्टरले ५ वटा त्रिपाल बोकेर गयो । पछि आउँदा घाइते, विरामी नभई १७ जना भारतीय नागरिक लिएर फर्कियो ।’
त्यस्तै भारतबाट सहयोग, उद्धार सामाग्री लिएर आएका बसमा भारतीय नागरिक छानिछानि लगेको तथ्य राजधानीमै छ । जब ‘मिल्ट्र भाषामा’ उद्धार भनेको ‘१५ देखि २० मिनेटमा समेत मान्छे बचाउन सकिन्छ । उद्धार गर्दा कुन देशको नागरिक, कुन लिङ्ग, कुन भाषिक भनेर भेदभाव गर्न पाइन्नँ । मानवता पहिलो हो भन्ने मिल्ट्री सिद्धान्त हो ।’
यतिबेला भारतले असल छिमेकीले गर्ने व्यवहार भन्दा प्रचार बढि गरेको देखिन्छ । अध्ययागमनका एक अधिकारीले एभरेष्टदैनिक डटकमसँग भने– ‘भारतीय जहाज आउँछन । सबै राहत होला भन्यो । आधा भन्दा बढि टेलिभिजनका सामान वाटरप्रुफ सहित आउँछन । हामी हेरेको हेरै छौं ।’
गृहमन्त्रालयको एक उच्च स्रोतका अनुसार उत्तरप्रदेशबाट आएको ६ ट्रक औषधीको डेट एक्सपाएर हुन जम्मा ४५ दिन मात्रै बाँकी छ । जब कि १३ जिल्लाका विगत गाउँमा औषधी पु¥याउन कम्तिमा १० दिन लाग्छ । विरामीले त्यो औषधी कति दिन खाने ? स्रोतले भन्यो । अहिले ती ४५ दिन म्याद भएका औषधी प्रयोग गर्ने नगर्ने बारे गृहमा छलफल भएको स्रोतले बतायो ।
Friday, May 1, 2015
Popular Posts
-
बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो। अरूले आफूलाई नराम्...
-
Posted by Anup Baral December 29th, 2014 : Article published on newspaper in Nepal. Are these facts about Pushpa Kamal Dahal True or Fals...
-
Posted by Anup Baral October 9th, 2014 : Possession and consumption of marijuana is considered illegal in Thailand. Nepal’s former crown ...