
साउदी अरबका राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने अरब न्यूजले जनाएको छ।
उनले आफ्नो परोपकारी संस्था अलविद विन तलाल फाउण्डेसन मार्फत् उक्त रकम नेपालमा भुकम्प पीडितका लागि सहयोग गर्ने बताएका हुन्।
यो रकम उनले इन्टरनेशनल मेडिकल कर्प, हेविटाट फर ह्युमिनिटी र वल्र्ड फुड प्रोग्राममार्फत् नेपालका भूकम्प पिडीतका लागि खर्च गर्नेगरी सहयोग गरेका हुन् ।
लेवनानमा दर्ता रहेको राजकुमार तलालको फाउन्डेसन ९० मुलुकमा परोपकारी कार्यमा संलग्न छ । साउदी राजकुमार दुई बर्ष नेपाल भ्रमणमा आएका थिए ।
नेपाल सरकारले मुलुकको सर्वोच्च मान पदवीले सम्मान गरेका उनी दुई वर्षअघि नेपाल भ्रमणमा आएका थिए।
हालै नेपाल सरकारले उनलाई मुलुकको सर्वोच्च मान पदवीले सम्मान गरेको थियो ।