भूकम्प पीडितका लागि बेलायतमा एकैदिन तीन अर्ब संकलन
नेपालका भूकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले सुरू गरेको राहत संकलन अभियानमा एकै दिन तीन अर्ब रुपैयाँ संकलन भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिरोइन लुम्लेले सञ्चालन गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ‘नेपाल अर्थक्वेक अपील’ राहत संकलन अभियान अन्तर्गत बेलायतमा मंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपैयाँ संकलन गरेको हो ।
हिरोइनको अभियानमा बेलायतकी महारानी र युवराज चार्ल्सले पनि ऐकेबद्धता जनाएका छन् ।
अभियानबाट संकलित उक्त रकमलाई भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ । जसमा बेलायत सरकारले ९० लाख रुपैयाँ दिएको छ ।
सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि अभियान सफल बनाएर हिरोइन लुम्ले नेपाली र गोरखालीमाझ चर्चित छिन् । उनलाई नेपाल तथा बेलायतमा गोरखालीकी छोरी पनि भन्ने गरिन्छ । एजेन्सी
Thursday, April 30, 2015
Popular Posts
-
बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो। अरूले आफूलाई नराम्...
-
Posted by Anup Baral December 29th, 2014 : Article published on newspaper in Nepal. Are these facts about Pushpa Kamal Dahal True or Fals...
-
Posted by Anup Baral October 9th, 2014 : Possession and consumption of marijuana is considered illegal in Thailand. Nepal’s former crown ...