Wednesday, May 6, 2015

रौतहटमा मुसाको प्वालबाट धुवा निस्किएपछि ज्वालामुखी विस्फोट भयो भन्दै स्थानिय त्रसित


बुधबार बिहान रौतहटको सदरमुकाम गौरको वडा नं ९ मा ज्वालामुखी नभई सानो प्वालबाट हिलो माटो मात्रै निस्केको स्थानीय प्रशासनले जनाएको छ । गौर नगरपालिका ९ का अच्छेलाल कुशवाहाको घरनजिक जमिनबाट धुवा निस्किएपछि स्थानीयहरु फेरि एक पटक झस्किए । ज्वालामुखी निस्किएको हल्ला चलेपछि सो स्थानमा पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधिर शाहीले गौर नपा–९ का अच्छेलाल कुशवाहाको घरभित्र चुलो नजिकैको मझेरीमा मुसाले बनाएको प्वाल जस्तोबाट हिलो माटो र खरानी जस्तो केही पदार्थ निस्केको जानकारी दिनुभयो । प्रहरीले खोजी गर्दा उक्त स्थानमा मुसाको लामो प्वालहरु रहेको र घरभन्दा केही पर बालेको आगोको असर उक्त स्थानमा देखिएको पत्ता लगाएको थियो । जिल्ला प्रहरी कार्यलय रौतहटसँग ज्वालामुखीबारे बुझ्दा मुसाको प्वालबाट धुवा निस्किएको पाइएको जानकारी दियो । रौतहटका प्रहरी प्रमुख सानुबाबु थपलियाको अनुसार ज्वालामुखी निस्किएको भनिएकोे प्वालमा आगोको झिल्को जस्तो देखिएपछि घरधनी कुशवाहाले एक बाल्टिन पानी हालेर निभाएका थिए ।

Popular Posts