
हाँस्यटेलिश्रृखंला ‘जिरे खुर्सानी’ का लोकप्रिय कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले अब आउँदो मंगलबारदेखि ‘मेरी बास्सै’ मा झुल्किने छन् । मेरी बास्सैका निर्देशक सिताराम कट्टेल ‘धुर्मुस’ का अनुसार जितु नेपालले अब आउने मंगलबारको कार्यक्रमदेखि नै अभिनय गर्ने बताएका छन् । सुटिङगमा व्यस्त रहेका सितारामले भने– ‘मुन्द्रेले यस सिरियलमा धुर्मुसको गाउँ आउने भूमिका निर्वाह गर्ने छन्, र उनले यस सिरियलमा पनि ‘मुन्द्रे’ बनेर नै अभिनय गर्ने छन् ।’ नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्यटेलिश्रृखंला ‘जिरे खुर्सानी’ बन्द भएपछि उनले मेरी बास्सैमा अभिनय गर्न लागेका हुन् । जितु नेपाल जिरे खुर्सानीमा पनि मुन्द्रेको रोलमा खेल्दा उनी सबैको लोकप्रिय पात्र थिए । मुन्द्रेको जुनसुकै ठाउँमा पनि चर्चा हुन्थ्यो । @Ratopati
