Friday, March 27, 2015

१ बर्षकी छोरी छाडेर उपत्यकाको फोहोर सोर्दै धुर्मुस र सुन्तली


नेपाल सरकारले केही समय अगाडि ‘सरसफाई सद्भावना दुत’को रुपमा नियुक्त गरेपछि हाँस्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे अहिले देश सफा गर्ने अभियानमा लागेका छन् । नेपाल सरकारले उनीहरुलाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो । नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलको प्रमुख आतिथ्यतामा ललितपुर जिल्लाको एकान्तकुनादेखि सातदोबाटोसम्म भएको सरसफाइ कार्यक्रममा विभिन्न संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘सबै जनता, सबै दल, सरसफाइमा लगाऊँ बल’ भन्ने नाराका साथ सरसफाइ कार्यक्रम भएको थियो । प्रतिभा बहुद्देश्यीय सरकारी संस्था लिमिटेड र गणेशमान सिंह मेमोरियल हस्पिटलद्वारा आयोजित सरसफाइ कार्यक्रममा हाँस्यटेलिश्रृखंला मेरी बास्सैका सुमन ज्योती मगर ‘ल्याङग्री दादा’,कल्याण राई ‘ठूलामुख’ र लेखान्त भूषाललगायत कलाकारहरु उपस्थित थिए । सरकारले यस्तो घोषणा गरेसँगै धुर्मुस र सुन्तलीले सरसफाइका विभिन्न कार्यहरु गर्दै आएका छन् । ‘हामीले देशको जुनसुकै जिल्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा विभिन्न कार्यक्रम लिएर जाने गथ्र्यौं । सरसफाइको कुरा पनि गथ्र्यौं । कला क्षेत्रबाट सरकारले कलाकारलाई दिएको यो उच्च सम्मान हो । आफूहरु देश सफा गर्नका लागि नेपाल सरकारले गरेको भरोसालाई सफल पार्न लागिपरेको सितारामले जानकारी दिएका छन् । उनले सम्पूर्ण देशवासीलाई आफ्नो स्थान सधै सफा राख्न आग्रह पनि गरेका छन् ।

Popular Posts