Monday, March 2, 2015

श्वेता खड्का भन्छिन्, ‘सुहागरातमा रातभरि श्रीकृष्णलाई रुंगेर बस्यौ‘


श्वेता खड्काले बिहेकै रात आफ्ना श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठलाई परिवारका सबै सदस्यले रुँगेर बसेको बताएकी छन् ।
 उनले बिहेको अघिल्लो दिनदेखि नै ज्वरोले सताइएका श्रीमान्ले बिहेको जग्गेमा बस्दा निकै कठिनाई झेलेको आजको नयाँ पत्रिकासँग कुराकानी गर्दै बताएकी छन् । 
‘बिहेको अघिल्लो दिन ज्वरोले उहाँ ओछ्यानबाट उठ्न सक्नुभएको थिएन’, श्वेताले भनेकी छन्,‘भोलिपल्ट दिनभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह«ो भएन ।’ श्वेताले आफ्नो सुहागरात नै बेदनामय भएको समेत बताएकी छन् । उनले श्रीकृष्णलाई व्यथाले च्यापेपछि परिवारका सबै सदस्य उनलाई कुरेर बसेको बताइन् ।
 ‘हाम्रो सुहागरात वेदनामय भयो । उहाँलाई व्यथाले चापेपछि म र परिवार रातभरि उहाँलाई रुँगेर बस्यौं’, श्वेताले भनिन् । उपचारका लागि भारत जान लागेको कुरा श्रीकृष्णले गोप्य राखेका थिए । बिहेको भोलीपल्ट उपचारका लागि गएको भन्दा नानाथरि कुरा होला भनेर हनिमुनका लागि गएको भनिएको थियो । उपचारका लागि गएको कुरा मिडियालाई लुकाईएको थियो । श्वेताका अनुसार भारतको गंगाराम अस्पतालमा भर्ना भएको केही दिनमै उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । डक्टरले ७० प्रतिशत बाँच्ने सम्भावना छ भनेपछि किमो दिने निर्णय भएको थियो । श्वेताले श्रीकृष्णले छाडेपछि चार महिना मरेतुल्य भएर बिताएको बताएकी छन् । उनले उक्त अवधिमा दिन र रातको समेत भेउ नपाएको बताइन् । ‘उहाँले छाडेपछिका चार महिना त मैले मरेतुल्य भएर बिताएँ ।
 मलाई दिन र रातको समेत भेद भएन । थला परेको विरामीलाई जसरी अरुले स्याहारेर राखे । दुई महिना डिप्रेसनको औषधि खानुपर्यो’,श्वेताले भनिन् ।Ratopati

Popular Posts