Monday, March 2, 2015
दुई महिनादेखि जेलमा रहेका पूर्वयुवराज पारस शाहसँग थाइल्यान्डको अदालतले अनौठो प्रमाण मागेको छ । सेरेमोनियल भएपछि शक्तिशाली राजतन्त्र रहेको थाइल्यान्डमा उनलाई नेपालको पूर्वयुवराज भएको प्रमाण मागिएको छ ।
नेपाल सरकारबाट उनले आफू पूर्वयवराज भएको प्रमाणित चिठी अदालतमा पेश गर्न सके उनी एक महिनाभित्रै छुट्ने सम्भावना छ । पारसका साथीहरुले मौखिक रुपमा त्यसबारे दूतावासमा कुरा राखेका छन् । लिखित रुपमा भने त्यस्तो निवेदन नआएको बैंककस्थित नेपाली दूतावासका कन्सुलर डोरनाथ अर्यालले बताएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।
साथीभाइ नभई पारसका परिवारले त्यसबारेमा निवेदन दिए मात्र त्यस उपर निर्णय गर्ने सोच दूतावासका अधिकारीले बनाएका छन् । पारसलाई सहयोग गर्दै आएका वैंककस्थित नेपाली युवा सुनिल खड्काका अनुसार नेपाली दूतावासमा प्रमाणित गरिदिन दिइसकिएको छ ।
प्रेमिका कन्निकाको गृहनगर नामखाई जाँदा तीन महिनाअघि पारस तीन थरी लागूऔषधसहित पक्राउ परेका थिए । सुरुमा उनी धरौटीमा छुटेका थिए ।Ratopati
Popular Posts
-
बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो। अरूले आफूलाई नराम्...
-
Posted by Anup Baral December 29th, 2014 : Article published on newspaper in Nepal. Are these facts about Pushpa Kamal Dahal True or Fals...
-
Posted by Anup Baral October 9th, 2014 : Possession and consumption of marijuana is considered illegal in Thailand. Nepal’s former crown ...