Friday, February 27, 2015

यी हुन् मान्छेको घाँटी रेट्ने आर्इएसका 'कसार्इ'

 
आतंकवादी संगठन आईएसले अपहरण गरेका मानिसको घाँटी रेटी हत्या गर्ने व्यक्तिको पहिचान भएको छ । बन्दीको घाँटी रेट्ने आईएसका कसाई बेलायती नागरिक मोहम्मद एम्वाजी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २६ वर्षीय उनी जिहादी जोनको नामले कुख्यात यिनी पश्चिम लण्डनमा हुर्केका थिए । यिनले वेस्टमिन्स्टर विश्वविद्यालयबाट कम्प्यूटर प्रोग्रामिङमा स्नातक गरेको खुलेको छ । एम्वाजीका साथी र उनका नातेदारलार्इ जनाउँदै उल्लेख गर्दै आर्इएसका कसार्इबारे समाचार बाहिर आएको हो । बीबीसी र डेली मेलका अनुसार उनी बेलायतमा पनि शंकास्पद गतिविधिमा संलग्न भएको खुलेक छ । उनीबारे बेलायती सुरक्षा एजेन्सीलार्इ पनि पहिल्यै जानकारी भएको खुलेक छ । तर लण्डन महानगरको प्रहरीले भने बाहिर आएका खबरबारे केही बोल्न मानेको छैन । जेहादी जोनले गत साल अगस्टमा अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि अमेरिकी पत्रकार स्टिबन सोटलोफ, बेलायती डेभिड हेन्स, बेलायतकै ट्याक्सी ड्रार्इभर एलन ह्यानिङ र अमेरिकी सहायताकर्मी अब्दुल रहमानको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । पछिल्लो महिना जापानी बन्धक केन्जी गोतो र हारुन युकाबाको घाँटी रेटेर हत्या गरेको भिडियोमा पनि उनी देखिएका थिए । आईएसले बन्धकको घाँटी रेट्दै गरेको भिडियो सार्वजनिक गर्ने क्रममा कालो कपडाले ढाकिएर उनी देखिन्थे । तर भिडियोमा उनको आँखा भने देखाइने गरेको थियो । बेलायतले पहिले जोन अमेरिकाले गरेको हवार्इ हमलामा घाइते भएको दाबी गरेको थियो । सो घटनापछि उनी बिटल जोन लेननको नामबाट परिचित भएका थिए ।annapurnapost

Popular Posts