Thursday, February 26, 2015

लोकमानले अख्तियारको आँगन भित्रै छोरी अन्माएपछि…


 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले आफ्नो जेठी छोरी डा. आध्याश्री कार्कीको विवाह बिहीबार गरेका छन् । आफ्नी छोरीको बिहे अख्तियारको सरकारी भवनभित्रै आयोजना गर्दा सरकारी सेवासमेत केहीबेर अवरुद्ध भयो ।टंगालस्थित आयोगको कार्यालयको आँगनलाई विवाहको मण्डप बनाएर उनले चर्चित व्यापारी रोहिणी थपलियका छोरा शुभाशिष थपलियाका साथ आध्याश्रीको विवाह गरिदिएका हुन् ।
 निकै कडा सुरक्षाकाबीच गरिएको उक्त विवाहमा परिवार र निकटस्थहरुमात्रै सहभागी रहेको बताइएको छ । कार्कीले जम्मा ५१ जनालाईमात्र विवाहको निम्ता गरेको दाबी गरिएको विवाहमा केटापक्षबाट भने तामझामका साथ जन्ती लिएर लोकमानको क्वाटर टंगालतिर लागेका थिए । ब्याण्डबाजा र गाडीका लावालस्करका साथ जन्तीहरु अख्तियारको परिसरभित्र छिरेका थिए । राज्यले अख्तियार प्रमुखका लागि उपलव्ध गराएको सरकारी आवासमात्र होइन, अख्तियारकै प्राङगण समेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएका अख्तियार कर्मचारीले दुःखेसो पोखेका छन् ।

अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेश निषेध गरियो भने कर्मचारीलाई नियमित मूलद्वारबाट प्रवेश गर्न दिइएन । अख्तियारको मूलद्वार जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइयो । कार्कीले अख्तियार परिसरबाटै छोरीको विवाह गरेपछि सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । विवाह सरकारी क्वाटरमै भएको भएपनि निकटस्थबाहेक कुनै पनि सरकारी अधिकारीलाई नबोलाइएको स्रोत बताउँछ । बेलाबेलामा विवाद सहित चर्चामा आइरहने लोकमाले छोरीको विवाह अख्तियारको आगनबाट गरेसँगै उनी फेरि एकपटक चर्चामा आएका छन् । 
Photo Credit:Ratopati. com

Popular Posts