Friday, January 30, 2015

नेपालले भारतलाई कुस्ती प्रतियोगितामा हरायो

नेपालले भारतलाई कुस्ती प्रतियोगितामा हरायो सहिद दिवसको अवसर पारेर नवलपरासीमा नेपाल–भारत कुस्ती प्रतियोगिता सुरु भएको छ ।सदरमुकाम परासीस्थित आदर्श उच्च माविको मैदानमा सुरु भएको प्रतियोगितामा महिला खेलाडीहरुसमेत सहभागी छन् । तीनदिने प्रतियोगिताको पहिलो दिन पोखराका राजु थापाले राजस्थानका रिंका पहलवानलाई र वनारसका अशोकले गोरखपुरका नगेन्द्रलाई पराजित गरेका छन् । यस्तै, विहारका जोगेन्द्रले कानपुरका ‘टाइगर’ भनिने पहलवानलाई हराएका छन् । ( इमेज ) नवलपरासी कुस्ती मूल समारोह समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका महिला र पुरुष गरी ३० जना खेलाडी सहभागी छन् । तीनदिने प्रतियोगिताको पहिलो दिन पोखराका राजु थापाले राजस्थानका रिंका पहलवानलाई र वनारसका अशोकले गोरखपुरका नगेन्द्रलाई पराजित गरेका छन् । भारत राजस्थानका कुस्ती खेलाडी रिंका पहलमानलाई पोखराका राजु थापाले पछारेपछि आयोजक संस्थाका स्वयंसेवक र सुरक्षाकर्मीहरूलाई दर्शकहरूको हुटिङको भीड समाल्न धौधौ पर्‍यो।

Popular Posts