
यिनी मनिषा रिजाल, वर्ष २२, घर बाहुनडाँगी ६ झापा । करिब १० महिनाअघि उनको विवाह भएको थियो सिन्धुलीका निशान्त खड्कासँग । उनीहरु झापाबाट काठमाडौं आएका थिए शनिबार । काठमाडौं आएपछि घुम्ने ठाउँहरुमा सँगसँगै हात समाएर घुमे उनीहरु । अनि धरहरा सँगै चढ्ने धोको पूरा गर्न लागे सुन्धारातर्फ । धरहराको यो उचाईबाट सँगै सँगै जीवन अघि बढाउने कसम फेरि दोहोराउन चाहन्थे उनीहरु । भनिन्छ नि, सँगै बाँच्ने, सँगै मर्ने । यही कसम खाँदाखाँदै उनीहरु एक अर्काकै अँगालोमा भूकम्पको यो भग्नावशेषमा यसरी भेटिए …..