Tuesday, March 24, 2015

रक्सीको सुरमा पन्यूले हिर्काउदा श्रीमतीको ज्यान गयो (husband killed wife)


सप्तरीको तेरहौता गाविस–५ नयाँ वस्तीका ३६ वर्षीय नरेश राईले कुटपिट गरी श्रीमतीको ज्यान लिएका छन् ।
 बर्ष ३५ की श्रीमती सन्तोषी चौधरी राईलाई मादक पदार्थ सेवन गरी सोमबार साँझ राईले खाना पकाउन भन्दा नमानेको भन्दै पन्यूले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
 सिकिस्त घाइते भएकी श्रीमतीको आज विहान मृत्यु भएको हो । हत्या आरोपमा राईलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले जानकारी दिए ।
लाशलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । अन्नपुर्ण पोस्ट

Popular Posts