Tuesday, March 10, 2015

काकाको शवसँग सेल्फी लिएपछि......



केही समययता युुवाहरुमा सेल्फी लिने पागलपन सवार भएको छ । युवाहरु सेल्फी लिने कुनै मौका गुमाउँदैनन् ।
 ट्वाइलेटमा होस य भान्सामा, बसमा होस या रेलमा कलेजमा होस् या सडकमा उनीहरु जहाँसुकै जस्तो अवस्थामा पनि सेल्फी लिइरहेका छन् । कतिसम्म भने सुतेको बेलादेखि घाटसम्म पनि युवायुवती सेल्फीका लागि मरिहत्ते गर्छन् । युवाहरुमा सेल्फीको भुत सवार भएका बेला एक युवा पागलपनको सीमा नै नाघेका छन् ।
 भारतका एक युवाले केही दिनअघि आफ्ना काकाको निधन भएको सन्देशसहित उनको शवसँगै लिएको सेल्फी अहिले ट्वीटर र फेसबुकमा भाइरल बनेको छ । ती भारतीय युवाले आफ्ना काकाको शवसँगै लिएको सेल्फीले भारतीय मिडियामा समेत हल्लीखल्ली मच्चाएको छ । यो सेल्फीको सामाजिक सञ्जालमा समेत निन्दा भएको छ ।


Popular Posts