
यसै प्रकरणका कारण वल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन्। ‘भद्रगोल’का निर्देशक शंकर आचार्यले आफूहरुले छायांकन गरिरहेको बताए । तर, आफूले सुने अनुसार अझै ४ हप्ता यो सिरियल प्रशारण नहुने उनले बताए । नेपाल टेलिभिजन र वल्र्ड भिजनको टेन्डर विवादका कारण ‘जिरे खुर्सानी र भद्रगोल’ रोकिएको वुझिएको छ ।
शंकरले नयाँ टेण्डर खोल्ने तयारी नेपाल टेलिभिजनले गरिरहेको जानकारी दिएका छन् । यसै काण्ड संलग्न भएको देखिएकाले नेपाल टेलिभिजन व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट पन्ध्र दिनका लागि निलम्बन परेका छन्। महाशाखा प्रवन्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वल्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै फर्स्यौट हुन सकेको छैन।
‘जिरे खुर्सानी’ नेपाल टेलिभिजनमा लामो समयदेखि प्रशारण हुँदै आएको छ भने ‘भद्रगोल’ पछिल्लो समय चर्चामा रहेको छ। यी कार्यक्रम नियमित प्रसारण कहिलेदेखि हुन्छ भन्नेमा केही टुगों लागेको छैन। ‘जिरे खुर्सानी’ टोली हाल नेपाल बाहिर रहेको छ।