Saturday, February 21, 2015

काठमाडौंमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड प्रहार

 
एसएलसी तयारीका लागि ट्युसन पढ्न गएका बेला काठमाडौंको बसन्तपुरमा अज्ञात समूहले दुई किशोरीमाथि एसिड प्रहार गरेको छ । बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका थिए । एसिड हानिएपछि एसएलसीको ट्यूसन पढ्न गएका रामेछापको खनियापानी गाविस–८ की १६ वर्षीय संगीता मगर र रौतहटकी १५ वर्षीय सीमा बस्नेत गम्भीर घाइते भएका छन् । एसिड प्रहारबाट छाती र खुट्टामा चोट लागकी संगीताको वीर अस्पतालमा उपचार भइरहेको छ भने अनुहारमा नै एसिड परेको सीमालाई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Popular Posts