
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर वाबुराम भट्टराईले ०५२ सालकै स्थिति दोहरीने संभावना प्रवल वनेको वताउनु भएको छ । रिपोटर्स क्लब नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै डा. भट्टराईले शान्ति सम्झौताका दुई पक्षधर मध्य काँग्रेस, एमाले एकलौटी ढंगले चल्न खोजेकोले शान्ति सम्झौता भंग भएको बताउनु भएको हो । उहाँले मुलुक एतिहासकै गंभिर मोडमा पुगेको समेत वताउनु भयो । शान्ति संझौता गर्दा सुशिल कोईराला र केपी वली दुवैजना नभएको र अहिले उनीहरुकै सत्तामा हालिमुहालि हुँदा अब आँफुहरुले सोच्नेवेला आएको उहाँको कथन थियो । डाक्टर भट्टराईले भन्नुभयो ‘माघ ११ गते उनीहरु एकपक्षिय ढंगले चल्दा शान्ति संझौता भंग भयो ।’ उहाँले काँग्रेस एमालेले संविधानसभालाई संसदमा परिवर्तण गरेको आरोपपनि लगाउनु भयो । अब नागरीक कर्मी र शान्ति संझौताका अन्य साक्क्षिहरुले सत्यकुरा भन्नुपर्ने वेला आएको उहाँको धारणा थियो । एमाओवादीका वरिष्ठ नेता भट्टराईले सहमति चाहाने हो भने शान्ति प्रकृयाका दुई पक्ष विच सहकार्य गरेर जानुको विकल्प नरहेको समेत दोहर्याउनु भएको थियो । एक फरक प्रशंगमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने झै एमाओवादीले उहाँसंग कुनै संझौता नगरको उहाँको स्पट पार्नुभयो । पूर्वराजाले पानि धमिलिएको वेलामा माछा मार्ने दुस्साहास मात्रै गरेको उहाँको भनाई थियो । ज्ञानेन्द्र विरामि परेको वेला स्वास्थ्य लाभको कामना गर्न अस्पताल गएको वाहेक अघिपछि भेट नगरको उहाँले दावि गर्नुभएको छ । यदि काँग्रेस र एमालेले कुनै सम्झौता गरेको भए सार्वजनिक गर्नुपर्ने उहाँले वताउनु भयो । कार्यक्रम रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो भने सहजिकरण सचिव विमल गौतमले गर्नु भएको हो ।