Wednesday, February 18, 2015

ज्ञानेन्द्रले मुख खोले : मसँग भएका सहमति कार्यान्वयन गर

 
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्या एक विज्ञप्ति जारी गर्दै तत्कालिन राजनीतिक दल र आफूबीच भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलहरुको के सहमति भएको थियो भन्ने खुलाएका छैनन् । तर, उनले आफूसँग भएका ती सहमति र समझदारीलाई कार्यान्वयन गराउन आवश्यक रहेको बताएका छन् । फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै प्रष्टरुपमा भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसकोे सार्थकता रहन्छ ।’ शाहले निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनु भन्दा राष्ट्रको राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडी बढ्नु नै आजको आवश्यकता रहेको भन्ने सुझाव दलहरु दिएका छन् । ‘हाम्रा जिज्यू वूवाले र म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कूरा म पून स्मरण गराउन चाहन्छु ।’ प्रजातन्त्र दिवसको अवसरमा नेपालको मूल कानून परिपूर्ण रुपमा आओस्, मूलूकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् भन्ने शुभकामना समेत शाहले विज्ञप्ति मार्फत दिएका छन् ।
ज्ञानन्द्रको वक्तव्य !
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ, ६५ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शूभकामना व्यक्त गर्दछु । आज भन्दा ६४ बर्ष अघि प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र जनजिवनमा प्रजातन्त्रको विजारोपण भएको हो । प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तूत गर्ने हाम्रा जिज्यु बूवा राष्ट्रपिता स्व.श्री ५ त्रिभूवन र वलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति म हार्दिक श्रद्धाभाव र श्रद्धाजंली प्रकट गर्दछू । प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो । राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मूख्य विषय आपसी सूझबूझ, समझदारी र अनूभवयूक्त प्रयत्न हो । निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनू भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडी बढ्नू नै आजको आवश्यकता हो । ६४ बर्ष अघि हाम्रा जिज्यू बूबाले र ९ बर्ष अघिको बर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधि पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कूरा म पून स्मरण गराउन चाहन्छु । त्यसैले तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनूषरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ । नेपालको मूल कानून परिपूर्ण रुपमा आवोस्, मूलूकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् यही मेरो शूभकामना ५ । श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल ।

Popular Posts