
अनलाइन भोटिङमा कति जनाले सहभागिता जनाएका थिए र उत्कृष्टको सूचीमा परेका सभासद्हरुले कति÷कति मत पाए भन्ने सार्वजनिक गरिएको छैन । संसद् र संसदीय समितिका बैठकमा नियमित उपस्थित भइ सशक्त रुपमा आवाज उठाउने सभासद्को सट्टा बैठकमा नै उपस्थित नहुने र उपस्थित भए पनि कमै मात्र बोल्ने सभासद्लाई समेत उत्कृष्ट १० को सूचीमा राखिएको भन्दै सूचीमै परेका सभासद्ले असन्तुष्टि जनाएका छन् । उत्कृष्ट मध्येको एकमा पर्नुभएका राप्रपा नेपालका सभासद् कमल थापाले उत्कृष्ट सभासद् छनोटको विश्वसनीयमाथि नै प्रश्न उठाउनुभयो । कार्यक्रममा उत्कृष्ट घोषणा भएका अन्य सभासद्हरुले आगामी दिनमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।