Friday, December 25, 2015

भारतलाई चिनियाँ विदेशमन्त्रीको यस्तो चेतावनी ,नेपाल बक्सिङ एरिया होइन

काठमाण्डौ ।  चिनियाँ विदेशमन्त्री वाङ यीले आकारका आधारमा सानोठूलो नभनी नेपाललाई समान हैसियतको व्यवहार गर्न भारतलाई आग्रह गरेका छन् ।
परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तापछि बेइजिङमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्रीले ‘स्थिर नेपाल’ चीन र भारत दुवैको हितमा रहेको बताए ।
‘चीन यो विश्वास गर्छ कि चीन र नेपाल आकारका हिसाबले सानाठूला होलान् तर उनीहरू समान छन् ।
चीनले नेपाललाई इमानदारीपूर्वक सधैं समान व्यवहार गर्दै आएको छ ।
हामी यो आशा गर्छौं कि भारतले पनि चीनले लिएको नीतिजस्तै गरी नेपाललाई समान व्यवहार गरोस्,’ विदेशमन्त्री वाङले भने ।
स्थिर नेपालले मात्र चीन र भारतको दुवै हित पूरा गर्नसक्ने चिनियाँ विदेशमन्त्रीले बताए । ‘अर्को शब्दमा म यो भन्न चाहन्छु कि चीन र भारतका लागि नेपाल एउटा पारस्परिक लाभका लागि सहकार्य गर्ने महत्वपूर्ण स्थान हो ।
भारत र चीनका लागि नेपाल बक्सिङ एरिया (लडाँइको मैदान ) होइन,’ विदेशमन्त्री वाङले भने । चीन र भारतबीच नेपालमा आफ्नो प्रभाव बढाउन प्रतिस्पर्धा भइरहेको हो भन्ने प्रश्नमा वाङले यस्तो बताएका हुन्  । अन्नपूर्ण पोस्टमा खबर छ ।

Popular Posts