Sunday, February 1, 2015

News: संविधान नदिएपछि सभासद्को सामुहिक श्राद्ध

संविधान नदिएपछि सभासद्को सामुहिक श्राद्ध

दोस्रो संविधान सभाबाट माघ ८ गते संविधान दिन नसकेका संविधानसभाका सदस्यहरुले आफ्नो प्रतिबद्धता पुरा नगरेर मृततुल्य भएको भन्दै जनकपुरमा उनीहरुको सामुहिक श्राद्ध गरिएको छ । बर्दियाको गुलरिया नगरपालिका–६ निवासी राकेशकुमार शर्माले सोमबार जनकपुरको जनकचौकमा सभासद्हरुको तस्बिर राखी पंडित लगाएर श्राद्ध गरेका थिए । जनताको विश्वासमा खेलवाड गर्ने सभासद र नेताहरुको अस्तित्व बाँकी नरहेको र उनीहरुले जनतलाई धोका दिएकाले सामुहिक श्राद्ध गरेको शर्माले बताए । आफुले जनकपुरबाट थालेको सभासदहरुको श्राद्ध अभियान अन्य जिल्लाहरुमा पुगेर निरन्तरता दिने शर्माले जानकारी दिए । जनताको विश्वास गुमाएका सभासद्हरुले जतिसुकै नौटंकी गरेपनि उनीहरुले जनअपेक्षाअनुरुपको संविधान दिन नसक्ने उनको भनाइ थियो । शर्माले सभासद्हरुको श्राद्ध गरेको रमिता हेर्न जनकचौकमा सर्वसाधारणको भीड लागेका थियो । सर्वसाधारणले समेत उनको काम ठीक भएको बताउँदै जनताको अपहेलना गरी देशको बेइज्जत गर्ने सभासदहरुलाई यस्तै व्यवहार गर्नुपर्ने बताएका थिए । -annapurnapost

Popular Posts