Saturday, January 31, 2015

किसानको पीडाः नेपाली रोप्छन्, भारतीय खान्छन्

 पर्सा, १७ माघ । पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् । सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि स्थानीय मारमा परेका हुन् । सो स्थान भएर बहने ओरिया नदीमा राखिएको सीमा स्तम्भ जीर्ण भएका कारण र बाढीले बगाइदिएका कारण भारतीय पक्षले बलमिचाइ गरी लगाएको बालीसमेत कब्जा गर्ने गरेको स्थानीयले गुनासो गरे । सो स्थानमा दुईवटा पिलर ४२३ र ४२४ रहेकोमा ४२३ बाढीले बगाइदिएको र ४२४ पनि संरक्षणको अभावमा ढलेका कारण सीमा छुट्ट्याउन समस्या भएको स्थानीय श्याम महतोले बताउनुभयो । नेपाली भूमिमा रहेको ओरिया नदीबाट समेत भारतीय पक्षले खुलेयाम गिट्टी तथा बालुवा आफूको क्षेत्रमा रहेको भन्दै खुलेयाम लाने गरेको पनि उहाँको भनाइ छ । सीमामा देखिएको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकारीस्तरबाटै ठोस प्रयास आवश्यक रहेको जिल्लाको पिडारीगुठीसहित सीमा क्षेत्रका स्थानीयले माग गरेका छन् । सीमा सुरक्षा कार्यालय पर्साका अधिकारीले सो स्थानमा देखिएको समस्याबारे माथिल्लो निकायमा जानकारी गराइसकेको र छिट्टै कूटनीतिकरुपमा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । रासस



Popular Posts