Wednesday, April 8, 2015

‘सासू–ससुराद्धारा गभर्वती बुहारीको हत्या’


दोलखाको भुषाफेदा गाविस–६ मा सासुससुरा मिली आठ महिने गर्भवती बुहारी लालुमाया तामाङको हत्या गरेको खुलासा भएको छ ।
 भुषाफेदा–६ का चतुरमान तामाङकी १७ वर्षीया गर्भवती श्रीमती लालुमाया तामाङको हत्या उनकै सासू–ससुरासहित ३ जना मिलेर गरेको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 बुधबार दोलखामा पत्रकार सम्मेलन गरी प्रहरीले दिएको जानकारीअनुसार पोलिग्राफी प्रविधिको प्रयोगबाट अनुसन्धान गर्दा सासू फूलमाया तामाङ, ससुरा असलमान तामाङ र छिमेकी बोले भनिने मनिष वाइवाले हत्या स्वीकारेका हुन् ।
 प्रहरी प्रतिवेदनअनुसार हत्यामा सासु फुलमाया, ससुरा असलमान र छिमेकी वाइवा संलग्न रहेको जनाइएको छ । उनीहरूले स्थानीय औजार कोदालो, ढुङ्गा र लात्तीको प्रयोग गरी टाउकोको छेदविछेद गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख अजय केसी बताए ।
प्रेम विवाह गरेकी मृतक तमाङको शव केही दिनअघि फेला परेको थियो । घटनामा संलग्नहरूलाई कर्तव्य ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Popular Posts